
सार्वजनिक यातायातलाई व्यवस्थित एवम सुरक्षित गर्ने उद्देश्यका साथ गाईघाटबाट काठमाण्डौँ सम्म चल्ने लामो दुरीका दिवा तथा रात्री कालिन सवारीमा सिसि टिभि र जिपिएस जडान गरिएको छ ।
जिपिएस जडानपछि ट्राफिक प्रहरीलाई सवारी साधन ट्रयाकिङ गर्न, गतिको जानकारी लिन र सार्वजनिक यातायातका विकृति र आपराधिक घटना नियन्त्रण गर्न सहयोग पुग्ने जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिनु भयो ।
गाईघाटबाट चल्ने ४ ओटा ठुला नाईट बस र ६ ओटा सानो दिवा सवारीमा सिसि टिभि र जिपिएस जडान गर्दै बुधबार एक समारोह बिच कोशि प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङ र त्रियुगा नगरपालिकाका नगरप्रमुख वसन्त कुमार बस्नेतले शुभारम्भ गर्नु भयो ।