
वढ्दो वातावरणिय असरलाई न्युनिकरण गर्न वन प्राविधिक श्रीमती समुहले चासो देखाएको छ ।
सहरीकरण, जनघनत्व, चुरे दोहोन र वन विनासका कारण पछिल्लो समय वातावरणमा असर पुग्दा नयाँ रोगहरु सृजित भएको भन्दै समुहले न्युनिकरणका लागि वातवरणिय सचेतना अभियान सुरु गरेको हो ।
आठ महिना अघि विधिवतरुपमा दर्ता भई सञ्चालनमा आएको समुहले बुधबार उदयपुरको सदरमुकाम गाईघाटबाट अभियानको शुरुवात गरिएको अध्यक्ष अप्सरा उप्रेतीले जानकारी दिईन् । पहिलोचरणमा सामुदायिक वन समुहका महिला सदस्यलाई वातावरणिय सचेतनामा महिलाको भुमिका बिषयक अन्तरक्रियाको आयोजना गरी सवाल जवाफ गरेको उनले बताईन् ।
कार्यक्रममा वातवरणिय असर, न्युनिकरणका उपाय, विकल्पका बारेमा पुष्पा राना र सामुदायिक वनमा महिला नेतृत्व अवश्था, भुमिका, आवश्यकता र औचित्यका बिषयमा समुहका सहसचिब कल्याणी रिमालले गरेकी थिईन् ।उनीहरुले बिषय बस्तुमा केन्द्रित रही सवाल जवाफ गरी सुझाब संकलन गरेका थिए । डिभिजन वन कार्यालय उदयपुरको आर्थिक तथा सहकिजरणमा भएको उक्त कार्यक्रमको उद्घाटन गर्दै कोशी प्रदेशसभाका उपसभामुख सृजना दनुवारलले महिला नेतृत्वका संस्थाहरु आर्थिकरुपले पारदर्शि र नेतृत्वदायि भुमिकामा अव्वल रहेको बताईन् ।
उनले महिला सशक्तिकरण र क्षमता अभिवृद्धिले मात्र मुलुकलाई समृद्धि हासिल गर्न सकिने भएकाले अवको माग ५० प्रतिशत महिला भएको बताईन् । उनले भनिन्, ‘वनलाई कसरी नागरिकसँग जोड्ने र संरक्षण, सम्वद्र्धनमार्फत विग्रदो वातावरणीय असरलाई सहि दिशातर्फ लैजाने भन्ने बिषय सबैको चासोको बिषय हो ।उपसभामुख दनुवारले भनिन, वन कसरी वचाउने र वन विकास कसरी गर्ने भन्ने बिषय यतिबेला सबैको चासो भएकाले महिला समुहको भुमिका अग्रसर बनाउने समय आयो । कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय गाईघाटका प्रमुख डाक्टर इन्द्रप्रसाद सापकोटाले घर भित्रको सुझाबलाई वाहिर लैजाने वातावरण बनाउन सके समृद्ध हासिल गर्न टाढा नभएको बताए ।
उपसभामुख दनुवारले वातावरणिय असरलाई न्युनिकरण गर्न र वातावरणलाई जेगाई राख्न यस्ता अभिायनले सार्थक पाउने बताईन् ।
समुहका केन्द्रिय सचिब कल्पना काफ्लेको सञ्चालन र केन्द्रिय सदस्य अनु सापकोटाको सञ्चालनमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्का, उपाध्यक्ष गंगा राई लगायतलाई शुभकामना दिएका थिए ।