
नेकपा एमाले उदयपुरको अध्यक्षमा भागवत राउत निर्वाचित भएका छन्। बिहीबार साँझ सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार राउत ३४४ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका हुन्।
यस्तै उपाध्यक्षमा कालुमान लामा १९२ मत ल्याएर निर्वाचित भएका छन् । उपाध्यक्षका अर्का उम्मेदवार दिलबहादुर तामाङले १९१ र भरतबहादुर थापाले १३७ मत ल्याए । उपाध्यक्षमा निर्वाचित भएका लामा एमालेको तत्कालीन जिल्ला सचिव तथा चौदण्डीगढी नगरपालिकाका मेयर हुन् ।
सचिवमा टेकबहादुर राउत विजयी भएका छन्। राउतले १९१ मत प्राप्त गर्दा प्रतिस्पर्धी शम्भु पौडेलले १८३ र महेश रोकाले १४० मत पाएका छन्।
उपसचिवमा हेम खड्काले १९४ मत ल्याएर निर्वाचित भएका छन् । खुल्ला उपसचिवमा ५ जनाको उम्मेदवारी रहेको थियो । जस मध्ये जीवनाथ दाहाल १०८ मत, मन्दिप राइ ९३, दुर्गानन्द चौधरी ५३ र धर्मबहादुर तामाङले ४६ पाएका छन्। ।
महिला उपसचिवमा भने दुई जना उपमेयरलाई पछि पार्दै गंगा राई निर्वाचित भएकी छन् ।गंगा राईको २६० मत प्राप्त गर्दा उनकी प्रतिस्पर्धी महेश्वरी राईले १४९ र गीता खड्काले १२५ मत पाएको थियो ।