०६ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

सांसद डा. सुनिल शर्मा उदयपुर गाईघाटको पार्टी कार्यालयमा

Logo
पब्लिक समाचार प्रकाशित सोमबार, माघ १५, २०८०

नेपाली कांग्रेसका नेता एवं सांसद डा. सुनिल शर्मालाइ सोमबार उदयपुर गाईघाटको पार्टी कार्यालयमा स्वागत गरिएको छ। उनको स्वागतमा नेपाली काँग्रेस गाईघाटले औपचारिक कार्यक्रम गरेको थियाे।भ्रमणका क्रममा शर्मालाई विभिन्न जिल्लाका विभिन्न स्थानीय सरकारका प्रमुखहरुको  स्वागत संगै मेयर बसन्त बस्नेत ले पनि शर्मालाई गाईघाटमा स्वागत गरेका थिए ।

पटकपटक सडकदेखि सदनसम्म जनताकै पक्षमा आवाज उठाउँदै आएका शर्माले जनताहरुसँग प्रत्यक्ष रुपमा भेटघाट गर्दै राजनीतिप्रति वितृष्णा जागेर जनतामा निराशा छाएको र कार्यर्ताहरुमा पनि नैरश्यता आएको भन्दै अब नयाँ ढंगबाट कांग्रेसलाई संगठित गरेर अगाडि लैजानका लागी आग्रह गरे ।

भेटघाट तथा अन्तक्रिया कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा जिल्ला प्रतिनिधीको रुपमा आएकी सुशिला ढकालले कांग्रेसले जे गरेपनि जनताका लागी गरेको र जनताको लागी गर्ने बताईन् । ०८४ मा कांग्रेसलाई नै भोट दिन पुर्छ भन्ने गन्तव्यमा पु¥याउनका लागी सामाजिक, आर्थिक, राजनितिक, औद्योगिक र कृषी क्रान्ति  गर्नका निम्ति यो अभियान सञ्चालन गरिएको उनले बताए ।

अन्तक्रिया कार्यक्रममा  ने.का उदयपुरका सभापति एवम् पुर्व मन्त्री माननीय हिमाल कार्की , ने.का भोजपुरका सभापति माननीय बिनोद वान्तवा ,कोशी प्रदेश सभा सदस्य माननीय मान ब.लिम्बु लगाएत नेपाली कांग्रेसका नेतागणहरुको उपस्थिति उपस्थितिरहेको थियो ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

यामाहा नेपालले क्रिसमस र नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तीय योजना ‘Dream It, Own It’ सार्वजनिक गरेको छ। यस योजनाले ग्राहकहरूलाई केवल ७.९९% को न्यून ब्याजदरमा आफ्नो सपनाको यामाहा मोटरसाइकल वा स्कुटर किन्न उत्कृष्ट अवसर प्रदान गर्दछ। यो सीमित अवधिको योजना २०७९ पुष १० (२०२४ डिसेम्बर २५) देखि लागु हुनेछ। ‘Dream It, Own It’ […]

उदयपुर।  त्रियुगा नगरपालिकाले राष्ट्रिय फुटबल टिमका सदस्य अमिशा कार्कीलाई सम्मान गरेको छ । साफ महिला च्याम्पिअनशिपमा उत्कृष्ट प्रदशन गर्दै फुटबल मार्फत नगरपालिकालाई देश विदेश सम्म चिनाउने सफल भएको भन्दै नगद ५० हजार सहित नगरपालिकाले खेलाडी कार्कीलाई सम्मान गरेको हो । त्रियुगा नगरपालिका वडा नं ५ मा जन्मिएकी कार्की उदयपुर जिल्ला फुटबल टिमको सदस्य हुँदै रास्ट्रीय […]

लामखुट्टेको टोकाइबाट हुने डेङ्गुबाट बच्न उदयपुरको त्रियुगा नगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरेको छ । पालिकामा डेंगुसंक्रमणका बिरामी बढ्न थाले पछि पालिकाका विभिन्न क्षेत्रमा लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदैलो अभियान सुरु गरिएको हो । नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतले १६ वटै वडा कार्यालय, स्वास्थ्य संस्था, […]