०६ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

आज साउनको अन्तिम सोमबार, पशुपतिमा भक्तजनको भीड

Logo
पब्लिक समाचार प्रकाशित सोमबार, साउन २९, २०८०

काण्माडौ,साउन २९ । साउन महिनाको अन्तिम सोमवार आज पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । यस वर्षको साउनको अन्तिम सोमवार आज पशुपतिनाथसहित देशभरका शिवालयहरुमा दर्शनार्थी भक्तजनहरुको घुइँचो छ ।
यस वर्ष साउनमा ५ वटा सोमवार परेको थियो । पशुपतिनाथ मन्दिरमा भक्तजनहरु बेलपत्र, फलफूल हातमा बोकेर दर्शनका लागि लाइनमा बसेको देख्न सकिन्छ ।

साउन महिना र सोमवार भगवान शिवको महिना एवं बार भएकाले प्रत्येक वर्ष यस समयमा भक्तजनको घुइँचो शिवालयमा हुने गर्छ । साउनको सोमवार व्रत बसेर महादेवको पूजा–आराधना गरे मनोकांक्षा पूरा भई सुख, शान्ति र ऐश्वर्य प्राप्त हुने विश्वास छ ।

भक्तजनहरुले पशुपतिनाथमा भजनकीर्तनसहित नाचगान समेत गरेका छन् । विवाहित महिलाले श्रीमानको दीर्घायु तथा अविवाहित महिलाले सुयोग्य वर प्राप्तिको कामनाले साउनमा महादेवको व्रत बस्ने गर्दछन् । साउनको पहिलो सोमवारदेखि नै व्रत बसी शिवको पूजा–आराधना गर्नेहरुले आज गोदान, पूर्णपात्रलगायत धार्मिक कर्म गरी व्रत समापन गर्दछन् ।

साउनको अन्तिम सोमवार आज बिहानैदेखि सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा चढाउने भक्तजनको पनि भीड छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

यामाहा नेपालले क्रिसमस र नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तीय योजना ‘Dream It, Own It’ सार्वजनिक गरेको छ। यस योजनाले ग्राहकहरूलाई केवल ७.९९% को न्यून ब्याजदरमा आफ्नो सपनाको यामाहा मोटरसाइकल वा स्कुटर किन्न उत्कृष्ट अवसर प्रदान गर्दछ। यो सीमित अवधिको योजना २०७९ पुष १० (२०२४ डिसेम्बर २५) देखि लागु हुनेछ। ‘Dream It, Own It’ […]

लामखुट्टेको टोकाइबाट हुने डेङ्गुबाट बच्न उदयपुरको त्रियुगा नगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरेको छ । पालिकामा डेंगुसंक्रमणका बिरामी बढ्न थाले पछि पालिकाका विभिन्न क्षेत्रमा लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदैलो अभियान सुरु गरिएको हो । नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतले १६ वटै वडा कार्यालय, स्वास्थ्य संस्था, […]

त्रयुगा नगरपालिकाले वडा नं १२ मा एक दिने निःशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ । कार्तिक ९ गते भएको आँखा शिविरमा सगरमाथा चौधरी आँखा अस्पताल लाहनका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले वडा नं १२ लगायत छिमेकी वडाका २ सय बढी बिरामीको चेक जाँच गरेका थिए । शिविरमा चेक जाँच गर्न आएका ३ दर्जन बढी आँखाका बिरामीलाई […]