
जिल्ला अस्पताल उदयपुरमा मृगौला पीडितलाई हेमा डायलासिस सेवा ५ ओटा मेशिन सहित सेवा सुरु गरेको छ । संघिय सांसद तथा पूर्व परराष्ट्रमन्त्री समेत रहेका डा. नारायण खड्काले हेमो डायलासिस सेवाको उद्घाटन गरेको हो ।
डायलासिस सेवा देशभर नि:शुल्क रुपमा प्रदान गरिने भए पनि आउजाउ गर्न र डेरा लिएर बस्नुपर्दा मिर्गौलाका रोगीहरु निकै महंगोमा सेवा लिइरहन बाध्य थिए। ‘यसअघि धरान बिराटनगरका सुविधा सम्पन्न अस्पतालसम्म पुगेर मिर्गौला रोगीहरुले डायलासिस सेवा लिइरहेका थिए। उनीहरुले अब घरपायक सेवा पाउने भएका छन्,अस्पतालका मे.सु ज्ञानेन्द्र झाले बताए
‘डाइलासिस सेवाका लागि जिल्ला बाहिरका सरकारी र निजी अस्पतालमा महँगो रकम तिर्नुपर्ने बाध्यताको अन्त्य भएको छ,‘सेवालाई प्रभावकारी बनाउन आवश्यक ब्यवस्थापन गरेका छौ’ आर्थिक अभावका कारण डायलासिसका लागि जिल्ला बाहिर जान नसक्ने बिरामीले मृत्यु पर्खेर बस्नुपर्ने बाध्यताले सताइरहेकालाई यो सेवाले धेरै सहज हुने समेत उनले बताए।