
उदयपुर, ९ मंसिर : मदन भण्डारी राजमार्ग अन्तरगत उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा उदयपुरको त्रियुगा नगरपालिका–५ देउरीस्थित अन्नपूर्ण स्कुलको बस दुर्घटना हुँदा दर्जनौं गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुर का प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीका अनुसार दुर्घटना अपरान्ह १ बजेतिर भएको जनाइएको छ । पिकनिक खाएर फर्किने क्रममा बस दुर्घटना भएको चौधरी ले जानकारी दिए ।
बसमा ३५ जना जति रहेको अनुमान प्रहरीको छ । विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी नायव उपरीक्षक चौधरीले बताए ।घाइतेहरुलाई जिल्ला अस्पताल उदयपुरमा पुर्याइएको र गम्भीर अवस्थाका घाइतेहरुलाई विराटनगरतर्फ रेफर गर्ने तयारी भइरहेको जनाइएको छ । ३४ जनालाई जिल्ला अस्पताल उदयपुरमा ल्याइसकिएको र उनीहरुको उपचार सुरु भएको जनाइएको छ ।