
धनुषा जिल्लामा वारुणयन्त्रको अभाव भएको कारण जनकपुर धाम उपमहानगरपालिकाले अत्याधुनिक वारुण यन्त्र खरिद गरेको छ ।
खरिद गरिएको वारुणयन्त्रमा अत्यधिक प्रज्वलन पदार्थमा लाग्ने आगो नियन्त्रणका साथै सामान्य आगो नियन्त्रण गर्ने गरी दुबै सुविधा रहेको छ ।
धनुषा जिल्लामा वारुणयन्त्रको अभाव भएको बेलामा जनकपुरधाम उपमहानगर पालिकाले एक वटा वारुणयन्त्र खरिद गरेपछि जनतालाई राहत पुग्ने भएको छ । कुल ९० लाखको लागतमा खरिद गरेको वारुणयन्त्रमा पेट्रोलियम पदार्थमा आगो लागेपछि त्यसको नियन्त्रणका लागि पाँचसय लिटरको छुट्टै फोम चेम्बर रहेको जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले जानकारी दिएका छन् । धनुषा जिल्लामा रहेका १८ पालिका मध्ये जनकपुरधाम बाहेक अन्य तीन पालिकामा मात्र वारुण यन्त्र रहेको छ ।