
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर बाहिरिएको अवस्थामा राजश्व अनुसन्धान विभागले बरामद गरेको सुन गाल्न सुरु गरिएको छ । राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गाल्ने तयारी भइरहेको माशाखा प्रमुख थानेश्वर आचार्यले जानकारी दिए। सुन बरामद भएको १९ दिनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा सुन प्रकरणको अनुसन्धानको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबीलाई दिइएको थियो । सिआइबीको पत्रपछि सुन गाल्नेलगायतका प्रक्रिया सुरु गरिएको हो ।